+
+

सार्कका लागि अंग्रेजी सिक्दै ट्राफिक प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २१ गते १६:०५

Trafic-police-learning-English-3

२१ कात्तिक, काठमाडौं । काठमाण्डौ यतिबेला सार्कमय छ । सार्ककै लागि बाटोघाटो बनाउने र रंगरोगन गर्ने काम भइरहेको छ भने सुरक्षा निकाय सुरक्षाको खाका बनाउँदै छन् ।

यतिबेला ट्राफिक प्रहरीलाई भने अंग्रेजी सिक्ने चटारो छ ।

सार्कमा सवारी ब्यबस्थापनमा खटिने ट्राफिक प्रहरीले अंग्रेजी भाषा अध्ययन थालेका छन् । ट्राफिक प्रहरी प्रवक्ता वसन्त पन्तले भने-‘पर्यटकहरु आउने क्षेत्रमा काम गरिरहेकाहरुलाई भाषा सिकाउन लागिएको हो ।’

Trafic-police-learning-English-1

महिला र पुरुष गरी १८ जना ट्राफिकले काठमाण्डौंको अर्बिट इन्टरनेशनलमा सोमबारदेखि अंग्रेजी सिक्न थालेका छन् ।

अर्बिटका शैक्षिक विभाग प्रमुख राधेश्याम मल्लले अनलाइनखबरसँग भने-‘खासगरी सार्कलाई केन्द्रमा राखेर कक्षा सुरु गरेका हौं । यसमा विदेशी पर्यटक आउँदा कसरी कुराकानी गर्ने भनेर सिकाइरहेका छौं ।’

उनका अनुसार पर्यटकहरुले सहयोग माग्दा विभिन्न स्थानको बाटो कसरी बताउनेदेखि उनीहरुसँग कसरी कुराकानी गर्ने भनेर सिकाइएको छ ।

सोमबार उनीहरुले व्यक्तित्व विकास अन्तर्गत पर्यटकसँग कसरी हात मिलाउने, कसरी भेट्ने जस्ता कुरा सिकेका छन् ।

दिनहुँ एक घण्टाका दरले ८ दिनसम्म भाषा कक्षा संचालन हुने छ । कक्षामा दुई असइसहित १८ जना छन् ।

Trafic-police-learning-English

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?