+
+
Shares

कञ्चनपुरमा ‘अल्फा’ले फेला पार्‍यो ब्राउन सुगर, एक जना पक्राउ

केशव भट्ट केशव भट्ट
२०८३ कात्तिक १ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको भीमदत्त नगरपालिका-१० भन्सार बेरियलमा सशस्त्र प्रहरीको डग स्क्वाडले ०.१६ ग्राम खैरो हिरोइनसहित २४ वर्षीय विक्रम मिजारलाई नियन्त्रणमा लिएको छ।
  • सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको टोलीले ‘अल्फा’ नामको लेब्राडोर कुकुरको सहायताले मिजारको मुखभित्र लुकाइएको लागुऔषध फेला पारेको हो।
  • बरामद लागुऔषधसहित मिजारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ।

१ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीको डग स्क्वाड टोलीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

आइतबार भीमदत्त नगरपालिका-१० स्थित भन्सार बेरियलमा चेकजाँचका क्रममा कैलालीको घोडाघोडी नगरपालिका-६ अस्नेराका २४ वर्षीय विक्रम मिजारको मुखभित्र लुकाइएको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।

सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ‘अल्फा’ नामको लेब्राडोर कुकुरको सहायताले जाँच गर्ने क्रममा ०.१६ ग्राम खैरो हिरोइन बरामद गरेको हो ।

बरामद लागुऔषधसहित मिजारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?