+
+
Shares

किन आक्रोशित भइन् कंगना रनौत ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १ गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कंगना रनौतले नेहा सिंह राठौरविरुद्ध प्रकाशित भ्रामक समाचारको विरोध गर्दै कुनै पनि महिलालाई टीआरपीका लागि आधारहीन आरोप लगाएर बदनाम गर्नु तल्लो स्तरको कुरा भएको बताइन्।
  • नेहा सिंह राठौरले एक सञ्चार संस्थाविरुद्ध कारबाही अघि बढाइसकेकी छन् र कंगना रनौतलाई सामाजिक सञ्जालमा ट्याग गरेर प्रतिक्रिया मागेकी थिइन्।
  • नेहाले झुटा समाचारले आफ्नो सम्मानमा चोट पुगेको भन्दै कंगनालाई आफ्नी दिदीबहिनी र छोरीहरूको सुरक्षाबारे सोच्न आग्रह गरेकी थिइन्।

कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । कतिपय सामाजिक तथा राजनीतिक विषयमा उनी चुप लागेर बस्दिनन् । त्यही कारण उनी चर्चासँगै विवादमा पनि रहने गर्छिन् । चाहे त्यो नितान्त आफ्नै विषयमा जोडिएको कुरा होस् वा अरूको । यसपालि पनि उनले मुख थुनेर बस्न सकिनन् ।

यसपालि उनी लोकगायिका नेहा सिंह राठौरको पक्षमा उभिएर आक्रामक भएकी हुन् ।

केही दिनअघि एउटा सञ्चार संस्थाले नेहा सिंह राठौरविरुद्ध भ्रामक तथा आपत्तिजनक समाचार प्रकाशित गरेको थियो । नेहाले यसविरुद्ध आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइसकेकी छन् ।

यसैबीच, नेहाले सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट गर्दै कंगना रनौतलाई ट्याग गरेर उनको प्रतिक्रिया मागेकी थिइन् । कंगनाले पनि नेहाको पोस्टको जवाफ दिँदै आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।

कंगना रनौतले नेहाको समर्थन गर्दै लेखेकी छन्, ‘नेहाजी, तपाईंका राजनीतिक विचार र समय–समयमा दिने अभिव्यक्ति मेरा राजनीतिक विचारभन्दा फरक छन् र मलाई स्वीकार्य पनि छैनन् । तर, कुनै पनि महिलालाई टीआरपीका लागि आधारहीन आरोप लगाएर बदनाम गर्नु तल्लो स्तरको कुरा हो । सम्बन्धित सञ्चार संस्थाका प्रमुखले यसको जिम्मेवारी लिनुपर्छ ।’

लोकगायिका नेहा सिंह राठौरले आफ्नो पोस्टमा कंगना रनौतलाई ट्याग गर्दै लेखेकी थिइन्, ‘प्रिय कंगनाजी, तपाईं जस्तै म पनि यस देशकी छोरी हुँ । यद्यपि, तपाईंको र मेरो विचारधारामा फरक छ, तर हामी दुवै महिला हौँ भन्ने साझा सत्यलाई यसले बदल्न सक्दैन ।

एउटा सञ्चार संस्थाले जानाजानी मेरा विरुद्ध झुटा समाचार प्रकाशित गर्‍यो । आपत्तिजनक शब्दको प्रयोगसमेत गरियो । देशभरका मानिसले यो झुटो समाचार देखे र यसले मेरो सम्मानमा चोट पुर्‍याएको छ । तपाईंको परिवारमा पनि दिदीबहिनी र साना छोरीहरू होलान् । के तपाईंलाई उनीहरूको सुरक्षाबारे डर लाग्दैन ? यस विषयमा तपाईंलाई केही भन्नु छैन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?