+
+
Shares

काठमाडौंमा बढ्दै चहलपहल, उपत्यकाको काखमै हिमाल (तस्वीरहरू)

यसपटक खुलेको मौसमले काठमाडौंको दृश्यलाई थप आकर्षक बनाएको छ। रिङरोडमा गुडिरहेका सवारीसाधन र अग्ला भवनका पृष्ठभूमिमा टल्किएका हिमालले उपत्यकाको प्राकृतिक सुन्दरता झल्काउँछन्।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ कात्तिक ५ गते १५:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दसैंको टीकापछि काठमाडौं उपत्यकामा आफन्तकहाँ आउजाउ, घुमफिर र गाउँबाट फर्किनेहरूको चहलपहल बढेको छ।
  • रिङरोडसहित उपत्यकाका सडकमा मोटरसाइकल, निजी कार र अन्य सवारीसाधनको चाप बिस्तारै बढ्न थालेको छ।
  • खुलेको मौसम र नीलो आकाशका बीच उपत्यकाबाट देखिने हिमशृङ्खलाले काठमाडौंको दृश्यलाई थप आकर्षक बनाएको छ।

काठमाडौं । दसैंको टीकापछि काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ। खुलेको मौसम, सडकमा गुडिरहेका सवारीसाधन र पृष्ठभूमिमा देखिने हिमशृङ्खलाले उपत्यकामा सुन्दरता थपेका छन्।

दसैंअघि मौसम प्रतिकूल रहे पनि यसपटक चाडपर्वकै बेला मौसम खुलेको थियो। घटस्थापनादेखि विजया दशमीसम्म आकाश सफा रह्यो। बुधबार दशमीका दिनदेखि सुरु भएको टीका लगाउने क्रम बिहीबार एकादशीमा पनि जारी छ। ठाउँअनुसार कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका र आशीर्वाद लिने प्रचलन छ।

दसैं मनाउन उपत्यकाबाट धेरै मानिस बाहिरिएपछि केही दिन सडक र बस्ती सुनसान बनेका थिए। तर, टीका सुरु भएसँगै आफन्तकहाँ आउजाउ गर्ने, घुमफिरमा निस्कने र गाउँबाट राजधानी फर्किनेहरूको चहलपहल बढ्न थालेको छ। कतिपय सर्वसाधारण नियमित काममा फर्किन थालेका छन्।

उपत्यकाका सडकमा सवारीसाधनको चाप पनि बिस्तारै बढिरहेको छ। रिङरोडमा मोटरसाइकल, निजी कार तथा अन्य सवारीसाधन गुडिरहेका देखिन्छन्। सडकमा बढ्दो आवागमनसँगै उपत्यकाको जनजीवन पनि विस्तारै सामान्य लयमा फर्किन थालेको छ।

यसपटक खुलेको मौसमले काठमाडौंको दृश्यलाई थप आकर्षक बनाएको छ। रिङरोडमा गुडिरहेका सवारीसाधन र अग्ला भवनका पृष्ठभूमिमा टल्किएका हिमालले उपत्यकाको प्राकृतिक सुन्दरता झल्काउँछन्। काठमाडौंमै बसेर टाढा देखिने हिउँले ढाकिएका हिमशृङ्खला नियाल्न पाउँदा यहाँको दृश्य झनै मनमोहक बनेको छ।

दसैंको रमझमसँगै सडकमा बढ्दो चहलपहल र नीलो आकाशमुनि देखिएका हिमालले उपत्यकामा चाडपर्वपछिको छुट्टै रौनक थपेका छन्।

सहरको व्यस्तता र हिमालको शान्त सौन्दर्य एकै दृश्यमा देखिंदा काठमाडौंको प्राकृतिक तथा सहरी परिवेशको अनौठो संगम अनुभूत गर्न सकिन्छ।

तस्वीर/भिडियो : कमल प्रसाईं 

       

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?