+
+
Shares

धानको बाला झुल्यो खेतैमा… (तस्वीरहरू)

किसानको मिहेनत धानको बालामा लहलहै देखिन्छ । तिहार अगाडीनै धान काट्ने धमाधम हुने देखिन्छ । मौसम खुलेको छ । आकाश निलो छ । हिमाल देखिन्छ । यहिबेला धान खेती भएका फाँट हेरिरहुँ लाग्ने देखिन्छ ।

गिरिराज बाँस्कोटा गिरिराज बाँस्कोटा
२०८३ कात्तिक ७ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाँचथरका खेतमा धान झल्न थालेको छ, धेरै ठाउँमा काट्ने तयारी छ र तिहारअघि नै धान काटिने देखिएको छ।
  • धान रोप्ने समयमा पर्याप्त पानी परेकाले यस वर्ष उत्पादन बढ्ने किसानले अनुमान गरेका छन्।
  • कृषि ज्ञान केन्द्र पाँचथरका अनुसार जिल्लामा अहिले ५ हजार ८ सय हेक्टरमा धान खेती छ, जबकि २०७५ सालमा ११ हजार ९ सय हेक्टर थियो।

७ कात्तिक, पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका विभिन्न खेतहरूमा धान झलिरहेको छ । कतै धान काट्न सुरु भएको छ भने धेरै ठाउँमा धान काट्ने तयारी छ ।

धान रोप्ने समयमा पर्याप्त पानी परेकाले यो वर्ष धान उत्पादनमा वृद्धि हुने किसानहरूको अनुमान छ ।

किसानको मिहेनत धानको बालामा लहलहै देखिन्छ । तिहार अगाडीनै धान काट्ने धमाधम हुने देखिन्छ । मौसम खुलेको छ । आकाश निलो छ । हिमाल देखिन्छ । यहिबेला धान खेती भएका फाँट हेरिरहुँ लाग्ने देखिन्छ ।

धेरै जस्तो स्थानीय प्रजातीका धान खेती हुने गरेको छ । पाँचथरका सबै गाउँपालिकामा धान खेती हुने गरेको छ । फिदिम, फाल्गुनन्द, मिक्लाजुङ गाउँपालिकामा बढिमात्रमा धान खेती हुने गरेको छ । तर बर्सेनी रुपमा धान खेती घटिरहेको छ ।

कृषि ज्ञान केन्द्र पाँचथरका अनुसार पाँचथरमा ५ हजार ८ सय हेक्टरमा धान खेती हुने गरेको छ । तर, २०७५ सालमा ११ हजार ९ सय हेक्टरमा धान खेती हुने गरेको थियो ।

नगदेबाली तर्फको आर्कषण, बाढी पहिरो तथा बसाईंसराईको असर धान खेतीमा परिरहेको छ ।

थप तस्वीरहरू–

 

 

 

लेखक
गिरिराज बाँस्कोटा

बाँस्कोटा अनलाइनखबरका पाँचथर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?