News Summary
Generated by OK AI. Editorially reviewed.- एक्स्ट्रिम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका सात टोलीको लोगो अंकित विशेष एडिसन क्यान सार्वजनिक गरेको छ।
- कम्पनीले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजन साझेदारी गरेको छ।
- पोखरा एभेन्जर्ससँग एक्स्ट्रिमले जर्सीको छातीमा लोगो रहनेगरी प्रायोजन साझेदारी गरेको छ।
८ कात्तिक, काठमाडौं । क्रिकेटमा आफ्नो मनपर्ने टोलीप्रतिको माया देखाउने तरिका धेरै छन् । कसैले टिमको जर्सी लगाउँछन्, कसैले झन्डा फहराउँछन् त कसैले मैदानबाटै चर्को हुटिङ गर्दै खेलाडीको हौसला बढाउँछन् । अब यही समर्थन देखाउने सूचीमा अर्को नयाँ तरिका थपिएको छ । त्यो हो, आफ्नो मनपर्ने टिमको लोगो भएको एक्स्ट्रिम इनर्जी ड्रिङ्कको क्यान ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको रौनकलाई थप विशेष बनाउन एक्स्ट्रिमले सात वटा टोलीको लोगो अंकित स्पेसल अडिसन क्यान सार्वजनिक गरेको छ।
एनपीएल सिजन ३ मा एक्स्ट्रिम इनर्जी ड्रिंकले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकको रुपमा साझेदारी गरेको छ भने पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा लोगो रहनेगरी प्रायोजन साझेदारी रहेको छ । एक्स्ट्रिमले क्रिकेटको उत्साहलाई मैदानमा मात्र सीमित नराखी समर्थकहरूको हातहातसम्म पुर्याउने प्रयास गरेको छ ।
सात टोलीका लोगो समेटिएका क्यान बजारमा
क्रिकेट प्रेमीका लागि आफ्नो फेभरेट टिम केवल एउटा नाम मात्र होइन । टिमप्रतिको समर्थन भनेको खेलाडीप्रतिको विश्वास र भावनासँग जोडिएको हुन्छ । मैदानमा प्रत्येक रनसँगै बढ्ने धडकन होस् वा विकेट खस्दा गुञ्जिने हुटिङ, समर्थकको यही भावना क्रिकेटको वास्तविक रौनक हो ।
यही भावनालाई एक्स्ट्रिमले आफ्नो विशेष क्यानमार्फत माया दर्शाउने नयाँ तरिका लिएर आएको हो । प्रायोजनको लागि साझेदारी गरिएका सातवटै टोलीका लोगो समेटिएका क्यानमार्फत अब समर्थकहरूले आफ्नो मनपर्ने टिमको पहिचानलाई आफूसँगै बोक्न सक्नेछन् ।
‘अब एक्स्ट्रिम इनर्जी ड्रिङ्क पिउनुमा मात्र सीमित रहने छैन,’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘यसको प्रयोग आफ्नो मनपर्ने टिमप्रतिको माया, समर्थन र क्रिकेटप्रतिको लगाव व्यक्त गर्ने अर्को माध्यम बन्न सक्नेछ ।’
एनपीएलका सात टोलीप्रति समर्पित एक्स्ट्रिम इनर्जी ड्रिङ्कका यी विशेष क्यानहरू उपभोक्ताहरूले आफ्नो नजिकैका पसल तथा बिक्री केन्द्रबाट खरिद गर्न सक्नेछन् । अब क्रिकेटको चर्चा हुँदा मनपर्ने टोलीको नाम मात्र होइन, हातमा त्यही टोलीको लोगो भएको एक्स्ट्रिमको क्यान पनि हुन सक्नेछ ।
प्रतिक्रिया 4