+
+
WC Series
लुम्बिनी लायन्स 2026
0/0
VS
सुदूरपश्चिम रोएल्स 2026
0/0
Shares

एनपीएल सफलताको शुभकामना दिँदै गगनले भने- नेपाली क्रिकेटको यात्रामा वर्षौंको संघर्ष र समर्पण जोडिएको छ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते १३:१०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको सफलताका लागि खेलाडी, टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीलाई शुभकामना दिएका छन्।
  • उनले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्न वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको भन्दै सामाजिक सञ्जालमार्फत स्मरण गरेका छन्।
  • थापाले सीमित स्रोतसाधन र कठिनाइबीच नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याउने खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीलाई सम्झिएका छन्।

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्।

‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक शुभकामना,’ उनले भनेका छन्, ‘नेपाली क्रिकेट आज जुन स्थानमा आइपुगेको छ, त्यसका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको छ।’

उनले नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउनेहरूलाई पनि पनि सम्झिएका छन्।

‘सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीहरूलाई यस अवसरमा सम्झँदै, नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ थापाले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?