+
+

राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २२ गते २०:५७

२२ कात्तिक, पोखरा । मङ्सिर ४ देखि १४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँ बजारमा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

‘लगानीको संवर्द्धन, उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ आयोजना गरिने मेलामा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि, पुष्प, अटो, सूचना तथा प्रविधि, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाको गतिविधिको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु, घरायसी सरसामान, लत्ताकपडा गरी २९५ वटा कक्ष राखिने छ ।

नेपाल उद्योग वाणिज्य सङ्घ र पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने     मेलामा ख्यातिप्राप्त कलाकारको लोकदोहोरी गीत प्रस्तुति, लोकनृत्य, हाँस्य प्रहसन, शारीरिक सुगठन, फेसन सो, प्रवेश टिकटमा दैनिक रूपले पुरस्कारको व्यवस्था, उत्कृष्ट कक्षलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

मेलामा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको नमुना, फेवाताल, विन्ध्यवासिनी तथा विश्व शान्तिस्तूपाको नमुना पनि राखिने छ । त्यस्तै पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले तयार पारेको रोबोटको प्रदर्शनीसमेत मेलामा राखिने छ ।

टिकट बिक्रीको रकमबाट विगतका वर्षमा थालिएको पोखरामा दमकल खरिदका लागि प्रतिटिकट दुई, बालश्रम न्यूनीकरणका लागि एक, र समग्र पोखराको विकासका लागि दुई छुटयाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?