+
+
Shares

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि राष्ट्र बैंककी उप-निर्देशक विनिता गुरुङलाई

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विनिता गुरुङले ह्वीसपर मिसेस नेपाल वर्ल्ड २०२६ को शीर्ष उपाधि जित्दै २१ प्रतिस्पर्धीलाई पछि पारिन् ।
  • खोटाङकी विनिताले उपाधिसहित स्कुटर पाएकी छिन् र अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

काठमाडौं । रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको ह्वीसपर मिसेस नेपाल वर्ल्ड २०२६ मा विनिता गुरुङले शीर्ष उपाधि जितेकी छिन् । शनिबार राति सम्पन्न प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै  विनिता विजेता बनेकी हुन् ।

उनले शीर्ष उपाधि विजेता भएवापत स्कुटर प्राप्त गरेकी छिन् । खोटाङकी विनिता नेपाल राष्ट्र बैंकको उपनिर्देशक रहेकी छिन् भने उनी अधिवक्तासमेत हुन्।

उनले अमेरिकामा आयोजना हुने विवाहित महिलाहरूको अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् । विनिताले तपाईंको बजार बेस्ट पर्सनालिटी उपउपाधि पनि जितिन् ।

प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित विवाहित सुन्दरीहरुको सबैभन्दा ठूलो सो प्रतियोगितमा नेहा गुप्ता फस्ट रनर्सअपका साथ रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस बनिन्न । ज्योति लामिछाने सेकेण्ड रनर्सअप तथा सगुन खनाल थर्ड रनर्सअपका साथ हर्लिक्स बेस्ट फिजिक भएका छन् ।

त्यसैगरी शिल्पा न्यौपाने महर्जन मिसेस नेपाल इन्टरनेसनल २०२६ चुनिएकी छिन् । क्रिस्टिना ज्ञवाली मिसेस कोस्मो २०२६ र ऋचा शर्मा एमएस इन्टरनेसनल २०२६ का विजेता भएका छन् । यी उपाधि विजेताले जनही ५० हजार रुपियाँ प्राप्त गरेका छन् । मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलका विजेताले सिंगापुर तथा मिसेस कोस्मो विजेताले म्यानमारमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी गराए ।

कार्यक्रममा नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेत्री निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधिबाट सम्मानित गरिएको छ । नेपाली फिल्म क्षेत्रमा उनले साँढे ३ दशकभन्दा लामो समयदेखि योगदान पुर्‍याउँदै आएकी छिन् ।

प्रतियोगितामा सन्ध्या लामा अर्ना मोस्ट इनर्जेटिक, सुष्मा थापा निभिया फ्याबुलस फेस, अञ्जु परियार मोस्ट ट्यालेन्टेड, शिल्पा न्यौपाने महर्जन क्युटी केयर एन्ड ब्युटी हब बेस्ट हेयर, दीप्ति ढुंगेल हेल्दी स्किन, क्रिस्टिना ज्ञवाली बेस्ट र्‍याम्प वाक र ऋचा शर्मा दिनाज फेसन हाउस मोस्ट पङ्चुअल उपउपाधिको विजेता भएका छन् ।

त्यसै गरी समीक्षा रानाभाट आयुथ वेदा बेस्ट स्माइल, श्वेच्छा पौड्याल रिलायबल डाइग्नोस्टिक ल्याबोरेटरी मोस्ट डिसिप्लिन्ड, कञ्चन महर्जन सेन्ट्रल फेसन एकेडेमी फेसन आइकन, सुष्मा थापा केडी फोटोग्राफी मोस्ट फोटोजेनिक, बिन्दु थापा राणा मोस्ट कन्फिडेन्ट, यास्मिन बेगम सैयद मिसेस कन्जेनियालिटी, सुनिता श्रेष्ठ कर्माचार्य मिसेस ह्युम्यानिटेरियन र विजेता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?