News Summary
Generated by OK AI. Editorially reviewed.- वर्ल्ड भेगन अर्गनाइजेसन नेपालले शाकाहारी तथा भिगन जीवनशैली अपनाउने व्यवसायी र संस्थालाई समेट्न कार्यकारी समिति पुनर्गठन गरेको छ।
कात्तिक १६, काठमाडौं । शाकाहारी तथा भिगन जीवनशैली अपनाउने व्यवसायी र संस्थाहरूलाई एकै ठाउँ समेट्ने उद्देश्य ‘वर्ल्ड भेगन अर्गनाइजेसन नेपाल’ को कार्यकारी समिति पुनर्गठन गरिएको छ ।
यसको उद्देश्य नेपालमा पूर्ण शाकाहारी जीवनशैलीलाई प्रवर्द्धन गर्नुका साथै यस क्षेत्रमा आबद्ध व्यक्ति, व्यवसायी तथा संघ–संस्थाहरूबीच सहकार्य, समन्वय गर्नु रहेको उपाध्यक्ष कल्याण सिलवालले जानकारी दिएका छन् ।
उनका अनुसार यस संस्थाले नेपालमा भेगन जीवनशैली तथा व्यवसायलाई प्रवर्द्धन गर्नेछ । पशुजन्य पदार्थमा आधारित व्यवसायलाई निरुत्साहित गर्दै वनस्पतिमा आधारित व्यवसाय तथा उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।
पशुपन्छीमाथि हुने क्रूरता, निर्मम हत्या, शोषण तथा हिंसालाई निरुत्साहित गर्न विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गरिने सिलवालले बताए ।
हालका लागि ९ सदस्यीय कार्यकारी समिति गठन गरिएको उनले जानकारी दिए । सिलवालका अनुसार यस समितिले आगामी ६ महिनाभित्र पुनः वार्षिक साधारण सभा आयोजना गरी संस्थाको कार्यदिशा, नेतृत्व तथा संगठनात्मक संरचनालाई थप व्यवस्थित र सशक्त बनाइने छ ।
प्रतिक्रिया 4