+
+
Shares

‘बिसाइड्स’ साइबर सुरक्षा सम्मेलन हुँदै

काठमाडौंमा साइबर सुरक्षा सम्मेलन ‘बिसाइड्स काठमाडौं २०२६’ आयोजना हुने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते १७:११

१५ कात्तिक, काठमाडौं । काठमाडौंमा साइबर सुरक्षा सम्मेलन ‘बिसाइड्स काठमाडौं २०२६’ आयोजना हुने भएको छ । आगामी नोभेम्बर २१ मा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बुढानीलकण्ठस्थित एक होटलमा सम्मेलन हुन लागेको हो ।

साइबर सुरक्षाको क्षेत्रमा काम गरिरहेका विज्ञ, अनुसन्धानकर्ता र यस क्षेत्रमा रुची राख्ने व्यक्तिहरूको सामुदायिक पहलमा आयोजना हुन लागेको सम्मेलनमा ३०० भन्दा बढी साइबर सुरक्षा विज्ञ, इथिकल ह्याकर, अनुसन्धानकर्ता र विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ ।

यो कुनै कम्पनीको उत्पादन वा सेवा प्रवर्द्धन गर्ने व्यावसायिक सम्मेलन नभई साइबर सुरक्षा समुदाय आफैंले आफ्ना लागि निर्माण गरेको साझा मञ्च रहेको आयोजकले जनाएको छ ।

बीसाइड्स काठमाडौंमा प्राविधिक प्रस्तुति, प्रयोगात्मक सिकाइ, ह्याकिङ प्रतिस्पर्धा, ओपन सोर्स परियोजनाको प्रदर्शनी र साइबर सुरक्षा क्षेत्रमा काम गर्ने व्यक्तिहरूसँग अन्तरक्रियाका अवसर उपलब्ध हुनेछन् ।

नेपालमा डिजिटल प्रविधिको प्रयोग विस्तार हुँदै जाँदा साइबर सुरक्षा सचेतना, दक्ष जनशक्ति, स्वतन्त्र अनुसन्धान र यस क्षेत्रमा आपसी सहकार्यको आवश्यकता पनि बढ्दै गएको छ ।

तर विद्यार्थी तथा करिअरको सुरुवाती चरणमा रहेका व्यक्तिले अनुभवी अनुसन्धानकर्ता र अन्तर्राष्ट्रिय विज्ञसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर सीमित छन् ।

सम्मेलनले यस्ता अवसर नेपालमै उपलब्ध गराउने लक्ष्य राखेको छ । यसले स्थानीय अनुसन्धानकर्तालाई आफ्ना काम प्रस्तुत गर्ने, विद्यार्थीलाई अनुभवी विज्ञबाट सिक्ने र कार्यक्षेत्रमा रहेका जनशक्तिलाई अनुभव तथा विचार आदानप्रदान गर्ने अवसर दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?