१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको प्युठान जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा देवेन्द्र वर्मा निर्वाचित भएका छन् । आइतबार भएको जिल्ला अधिवेशनमा वर्मा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
सभापतिमा निर्वाचित वर्मा प्युठान नगरपालिकाका उपमेयर समेत हुन ।
यस्तै, जिल्लाका कार्यसमितिको उपसभापतिमा देविराम पुन र प्रमोद पोख्रेल, सचिवमा दीपक केसी र कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै, सहसचिवमा गंगालाल विष्ट र माधव केसी पनि निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता मेघराज भट्टले जानकारी दिए ।
जिल्ला अधिवेशनले पदाधिकारीसहित ३५ सदस्यीय जिल्ला कार्य समिति तथा ३५ जना महाधिवेशन प्रतिनिधि सर्वसहमत चयन गरेको छ ।
प्रतिक्रिया 4