+
+

मोदीको मुक्तिनाथ यात्राको ‘कैलाश कनेक्शन’

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २४ गते १४:२५

२४ कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ धामको भ्रमण गर्ने तयारी गरिरहेका बेला सरकारले मुक्तिनाथ हुँदै कैलाश मानसरोवर जाने सबैभन्दा छोटो रुट कोरोला नाका खुलाउन चासो देखाएको छ ।

मोदीको मुक्तिनाथ भ्रमणको प्रभाव भारतीय हिन्दू तीर्थयात्रीहरुमा पर्ने र पशुपतिनाथ, मुक्तिनाथ हँुदै कैलाश मानसरोवर जान चाहने भारतीय पर्यटकको संख्या दोब्बर हुने अनुमान गर्दै कोरोला नाका खुलाउन पहल शुरु गरिएको हो ।

कोरोला नाका यसैपालि अस्थायी रुपमा भए पनि खुलाउन सके मुक्तिनाथबाट एकै दिनमा मानसरोवर दर्शन गरेर फर्किन सकिने भन्दै मुस्ताङ्गी व्यवसायीहरुको आग्रहपछि नाका खुलाउन सरकारले चासो देखाएको हो ।

हिन्दूहरुका पवित्र चारधाम मध्येका दुई धाम पशुपतिनाथ र मुक्तिनाथ नेपालमा छन् । सार्क सम्मेलनमा सहभागी हुने क्रममा मोदीले मुक्तिनाथ धामको भ्रमण गर्ने भएपछि यसले धार्मिक र पर्यटन दुबै क्षेत्रमा महत्वपूर्ण फड्को मार्ने मुस्ताङ पर्यटन प्रवर्द्धन समाजका अध्यक्ष अनिल ताङ्वे गुरुङले बताए ।

Bamdev-with-Shreemaya

चीनसँग कुरा गर्न सभासदको ध्यानाकर्षण

मुस्ताङका सभासद र व्यवसायीहरुले कोरोला नाका खुलाउन चीनसँग कुटनीतिक पहल बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

एमाले सभासद श्रीमाया थकाली, महेन्द्र शेरचन, मुस्ताङ पर्यटन प्रबर्द्धन समाजका अध्यक्ष अनिल ताङ्वे गुरुङ लगायतको टोलीले गृहमन्त्री गौतम, परराष्ट्रमन्त्री महेन्द्रवहादुर पाण्डे र पर्यटनमन्त्री दीपक अमात्यलाई भेटेर नाका खुलाउन चीनसँग तत्कालै प्रस्ताव लैजान माग गरेको भेटमा सहभागी युवा व्यवसायीय निरोज लामाले बताए ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले कोरोला नाका खुलाउँदा नेपाल र चीन दुबैको हित हुने भएकाले सरकारले पहल गर्ने आश्वासन दिएका छन् ।

कोरोला नाका दीर्घकालीन रुमा खुलाउन केही समय लाग्ने भए पनि तत्कालै यसै सिजनमा मानसरोबर जाने तीर्थयात्रीहरुका लागि मात्र अस्थायीरुपमा भने पनि नाका खुलाउन सरकारले पहल गरेमा भारतीय पर्यटकको संख्या दोब्बर बढ्ने अनुमान व्यवसायीले गरेका छन् ।

‘नरेन्द्र मोदीले मुक्तिनाथ भ्रमण गरेपछि त्यसको फाइदा हामीले धार्मिक र पर्यटन दुबै क्षेत्रमा लिन सक्छौं’ गुरुङले भने ‘कोरोला नाका अस्थाय रुपमा मानसरोबर जाने यात्रीका लागि मात्र खुलाउन सकियो भने पनि मुक्तिनाथ हुँदै मानसरोवर जाने पर्यटकको संख्या दोब्बर बृद्धि हुन्छ’ ।

गृहमन्त्री, परराष्ट्रमन्त्री र पर्यटनमन्त्री तीनैजनाले मुस्ताङको कोरोला नाका खुलाउन पहल गर्ने आश्वासन दिएका छन् । ‘परराष्ट्र मन्त्रालयबाट चीनसँग कुटनीतिक पहल गर्ने कुरा भएको छ’ गुरुङले भने ‘यो प्रक्रिया केही लामो भए पनि यसै वर्ष मानसरोवर जाने तीर्थयात्रीका लागि मात्र भने पनि नाका खुलाउन सरकारले पहल गर्नुपर्छ’ ।

भारत र चीनबीच सिक्किमबाट नाbamdev-FINAL2थुला नाका खुलाउने सहमति भएपछि नेपालबाट चीनको खासा हुँदै मानसरोबर जाने भारतीय तीर्थयात्रीको संख्या घट्ने चिन्ता व्यवसायीहरुले गर्दै आएका छन् ।

त्यसैले कोरोला नाका खुलाउन सकियो भने पशुपतिनाथ, मुक्तिनाथ दर्शन गरेर मानसरोवर जानका लागि भारतीयहरु आउने उनीहरुको अपेक्षा छ ।

‘यो नाका खुल्यो भने मुक्तिनाथबाट सात घण्टामा कैलाश मानसरोबर पुगिन्छ, जसले गर्दा भारतीय पयर्टकको आगमन बढ्छ’ गुरुङले भने ‘मोदीको मुक्तिनाथ भ्रमणलाई ‘क्यास’ गर्ने यो उपयुक्त अवसर हो ।’

चिनियाँ पक्षले नेपाल सरकारबाट औपचारिक प्रस्ताव आए कोरोला नाका खुलाउनेबारे छलफल गर्न तयार रहेको जानकारी गराएको स्रोतले जनाएको छ । नाका खुलाउनुपर्छ भन्नेमा सरकार सकारात्मक रहेकाले तत्काल औपचारिक प्रक्रिया शुरु हुने अपेक्षा आफूहरुले गरेकेा गुरुङले बताए ।
यो पनि हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?