+
+

श्रीमती मार्नेलाई सर्वस्वसहित जन्मकैद

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २४ गते १६:११

२४ कात्तिक, रुकुम । रुकुमको गरायला गाविस ४ का प्रजित वलीलाई श्रीमती हत्या अभियोगमा जिल्ला अदालतले सर्बस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले वलीलाई सर्वस्वसहित जन्मकैदको सजाए सुनाएको अदालतका श्रेस्तेदार लोकबहादुर हमालले जानकारी दिए ।

गत भाद्र ९ गते तीजकोबेला गरायला गाविस ५ स्थित आफ्नो माईत हिँडेकी विमला वलीलाई उनकै श्रीमान प्रजितले मौराखरा जंगलमा हत्या गरेको अदालतको ठहर छ ।

यसैबीच आमाको हत्या अभियोगमा रुकुम महत १ का धनबहादुर भन्ने प्रमोसन बुढालाई पूर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?