+
+
Shares

बुबाको सम्झनाले भक्कानिए सलमान, बिग बोसको सेटमै झरे आँसु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १३:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘बिग बोस २०’ को सेटमा मोहित चौहानले सलीम खानको पुरानो गीत गाएपछि सलमान खान आफ्ना पिता सम्झँदै आँसु थाम्न सकेनन् ।
  • शोमा गायक मोहितले आफू सलमानभन्दा पनि सलीम खानको ठूलो फ्यान भएको बताएपछि भावुक माहोल बनेको थियो ।
  • दिवाली विशेष एपिसोडमा कमेडियन गौरव गुप्ताको रोस्टमा लभ गिल र स्काउट ओपीबीच विवाद भयो, भने मनीष गोयल बाहिरिने चर्चा छ ।

बलिउड अभिनेता सलमान खान सामान्यतया आफ्ना भावना खुलेर व्यक्त गर्दैनन् । तर, कहिलेकाहीँ कुनै गीत वा पुरानो सम्झनाले उनलाई पनि भावुक बनाउँछ ।

हालै टेलिभिजन रियालिटी शो ‘बिग बोस २०’ को सेटमा यस्तै दृश्य देखियो, जहाँ सलमानले आफ्ना पिता सलीम खानको नाम सुन्नासाथ आँसु थाम्न सकेनन् ।

शोमा अतिथिका रूपमा आएका गायक मोहित चौहानले सलमानसँगको कुराकानीका क्रममा एउटा यस्तो प्रसंग निकाले, जसले उनलाई भावुक बनायो ।

मोहितले सुरुमा भने, ‘म तपाईंको धेरै ठूलो फ्यान हुँ ।’ सलमानले उनलाई धन्यवाद दिए ।

तर, मोहितले त्यसपछि थपे, ‘तर म त्यसभन्दा पनि ठूलो फ्यान तपाईंका बुबाको हुँ ।’

मोहितको यो भनाइ सुनेर सलमान मुस्कुराए । त्यसपछि मोहितले सलीम खानले अभिनय गरेको पुरानो फिल्म ‘बचपन’ को गीत गाउन थाले ।

सन् १९६३ मा रिलिज भएको उक्त फिल्मको ‘मुझे तुमसे मोहब्बत है, मगर मैं कह नहीं सकता…’ बोलको गीत मोहम्मद रफीले गाएका थिए । मोहितले त्यही गीत गाएर सलीम खानको पुरानो अभिनय यात्रालाई सम्झिए ।

बुबासँग जोडिएको पुरानो गीत सुनेपछि सलमान भावुक बने । उनको आँखाबाट आँसु झरे । सेटमा उपस्थित अन्य व्यक्तिका लागि पनि त्यो क्षण भावुक बन्यो ।

सलिम खानले अभिनय गरेका थिए

आज बलिउडका सफल पटकथा लेखकका रूपमा चिनिने सलीम खानको सुरुवाती यात्रा भने अभिनयबाट सुरु भएको थियो । उनले सन् १९६० मा रिलिज भएको फिल्म ‘बारात’ बाट अभिनेताका रूपमा करियर सुरु गरेका थिए ।

तर, सुरुवाती फिल्मबाट अपेक्षित सफलता नपाएपछि उनले अभिनयभन्दा लेखनतर्फ आफ्नो यात्रा अघि बढाए । त्यही क्रममा उनले सन् १९६३ मा फिल्म ‘बचपन’ मा अभिनय गरेका थिए ।

उक्त फिल्ममा हेलनले पनि सानो भूमिका निर्वाह गरेकी थिइन् । पछि सलिम खान र हेलनले विवाह गरेका थिए ।

सलीम खानले पछि जावेद अख्तरसँग मिलेर बलिउडमा सफल पटकथा लेखनको इतिहास बनाए । ‘शोले’, ‘दीवार’ र ‘जन्जीर’ जस्ता चर्चित फिल्मको पटकथा यही जोडीले लेखेको थियो ।

बिग बोसको सेटमा लभ गिल र कमेडियनबीच विवाद

बिग बोसको दिवाली विशेष एपिसोडमा मोहित चौहान मात्र अतिथि थिएनन् । यसअघि कमेडियन गौरव गुप्ता पनि शोमा पुगेका थिए । उनले घरभित्रका प्रतिस्पर्धीलाई आफ्नो व्यंग्यात्मक शैलीमा रोस्ट गरेका थिए ।

यस क्रममा उनले स्काउट ओपी र लभ गिलबीचको विवादास्पद मसाज प्रसंगलाई पनि आफ्नो कमेडीको विषय बनाए । तर, गौरवको मजाक लभलाई मन परेन ।

उनले तत्कालै आपत्ति जनाउँदै कमेडियनसँग बहस गर्न थालिन् ।

लभले निजी विषयलाई मजाक बनाएको भन्दै असन्तुष्टि जनाइन् । त्यसपछि स्काउट ओपी पनि गौरवको आलोचनामा उत्रिए ।

यद्यपि, गौरवले अन्य प्रतिस्पर्धीलाई रोस्ट गर्दा भने घरभित्र हाँसो र रमाइलोको माहोल बनेको थियो । गौरव र मोहितबाहेक करण जोहर, शनाया कपूरलगायतका अतिथि पनि शोमा सहभागी भइसकेका छन् ।

मनीष गोयलको यात्रा टुंगिने सम्भावना

‘बिग बोस २०’ मा प्रतिस्पर्धा पनि उत्तिकै रोचक बन्दै गएको छ । अहिलेसम्म रोहेद खान, ईशा रिखी, रिती तिवारी, अमन गान्धी र मेरी कम शोबाट बाहिरिसकेका छन् ।

गत साता अभिनेता आसिफ खान कम भोट पाएपछि शोबाट बाहिरिएका थिए । यस साता भने अभिनेता मनीष गोयलको यात्रा टुंगिन सक्ने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?