प्रतीकात्मक तस्वीर
२६ कात्तिक, काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका-६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् ।
मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको काठको दुई तल्ले घरमा आगलागी भएको हो ।
आगलागीबाट उनको २६ वर्षीया छोरी निशा कार्की घाइते भएकी छन् । आगलागीबाट उनको दुवै हात्त र दाहिने खुट्टा जल्न पुग्दा घाइते भएको र उनलाई उपचारका लागि रंगेली अस्पताल पठाइएको दाहालले जानकारी दिए । उनका अनुसार निशाको अवस्था सामान्य छ ।
आगलागीका कारण खुल्न बाँकी रहेको र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4