प्रतीकात्मक तस्वीर
२७ कात्तिक, काठमाडौं । मोरङको दुई छुट्टाछुट्टै स्थानमा आगलागी भएको छ ।
प्रहरीका अनुसार रंगेली नगरपालिका-८ निचामारी मुसरी टोल बस्ने झबु रिसिदेबको घरमा बिहीबार साँझ आगलागी भएको छ । आगलागीबाट करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी सुनवर्षी नगरपालिका-६ पटिया पाडा बस्ने सुरेश मगरातीको भान्सा घरमा बिहीबार साँझ आगलागी भएको छ ।
आगलागीबाट करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4