+
+
Shares

उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु

उत्तरी पाकिस्तानमा एउटा यात्रुवाहक भ्यान सडकबाट नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा यात्रुवाहक भ्यान नदीमा खस्दा ११ जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
  • स्थानीय प्रहरी अधिकारी मोहम्मद अफजलका अनुसार बिहीबार राति चालकले गाडीको नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।
  • मुख्यमन्त्री अमजद हुसेनले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचार सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

२७ कात्तिक, इस्लामावाद (रासस/एपी)। उत्तरी पाकिस्तानमा एउटा यात्रुवाहक भ्यान सडकबाट नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको उद्धार अधिकारी तथा प्रहरीले शुक्रबार जनाएको छ ।

बिहीबार राति गिलगिट–बाल्टिस्तान क्षेत्रमा चालकले गाडीको नियन्त्रण गुमाउँदा दुर्घटना भएको स्थानीय प्रहरी अधिकारी मोहम्मद अफजलले बताए।

उद्धारकर्ताहरूले शुक्रबार सम्म खोजी र उद्धार अभियान जारी रहेको र भ्यानमा सवार ११ जनाको शव र तीन घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताएका छन् ।

क्षेत्रीय मुख्यमन्त्री अमजद हुसेनले विज्ञप्ति जारी गर्दै उक्त सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् भने घाइतेहरूलाई आवाश्यक औषधि उपचार सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिएको जनाइएको छ ।

पाकिस्तानमा सडकको खराब अवस्था, ट्राफिक कानूनको अपर्याप्त कार्यान्वयन र असुरक्षित चालक अभ्यासहरूको कमिले विशेष गरी पहाडी क्षेत्रहरूमा सडक दुर्घटनाहरू पटक– पटक हुन गरेको बताइएको छ । गत हप्ता, पूर्वी पाकिस्तानमा बस र ट्रकको टक्कर हुँदा ११ जनाको मृत्यु भएको थियो भने अन्य ३३ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?