News Summary
Generated by OK AI. Editorially reviewed.- दीपेन्द्र सिंह ऐरीले कीर्तिपुरस्थित टीयू मैदानमा काठमान्डु गोर्खाजविरुद्ध ४६ बलमा ५० रन बनाउँदै अर्धशतक पूरा गरे।
- ८ रनमै ४ विकेट गुमाएको अवस्थामा उनले सुदूरपश्चिमको इनिङ्स सम्हाल्दै आरिफ शेखसँग पाँचौँ विकेटका लागि ५४ रनको साझेदारी गरे।
- दीपेन्द्रको यो जारी एनपीएलमा दोस्रो अर्धशतक हो, र उनले दुई अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बने।
२७ कात्तिक, काठमाडौं । दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित टीयू मैदानमा दीपेन्द्रले ४६ बल खेल्दै ४ चौका र २ छक्का मदतमा ५० रन पूरा गरेका हुन् ।
८ रनमै ४ विकेट गुमाएर कठिन अवस्थामा रहेको बेला दीपेन्द्रले सुदूरपश्चिमको इनिङ्स सम्हालेका हुन् । उनले पाँचौ विकेटका लागि आरिफ शेखसँग ५४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
जारी एनपीएलमा दीपेन्द्रको यो दोस्रो अर्धशतक हो । उनले यसअघि पोखरा एभेन्जर्सविरुद्ध अविजित ५१ रन बनाएका थिए ।
उनी दुई अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि काठमान्डुका रासिद खानले पनि दुई अर्धशतक प्रहार गरिसकेका छन् ।
प्रतिक्रिया 4