News Summary
Generated by OK AI. Editorially reviewed.- न्युजिल्यान्डका अलराउन्डर जिमी नीशमले सामाजिक सञ्जालमार्फत नेपाल प्रिमियर लिगका पिच सुधार गर्नुपर्ने बताएका छन्।
- उनले ‘म नेपाल र एनपीएललाई निकै माया गर्छु। तर यी पिचबारे गम्भीर रूपमा केही गर्न आवश्यक छ। पूरै प्रतियोगितामा १२० रन नै जितका लागि पर्याप्त हुने अवस्था हुन सक्दैन,’ भनेका छन्।
- एनपीएलमा पछिल्ला खेलमा कम योगफल बनिरहेका छन्, शुक्रबार जनकपुर बोल्ट्स ८८ रनमै समेटिएको थियो र सुदूरपश्चिम रोयल्सले १२५ रनको लक्ष्य रक्षा गरेको थियो।
२८ कात्तिक, काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर जिमी नीशमले नेपाल प्रिमियर लिग (एनपीएल) को पिचबारे असन्तुष्टि जनाएका छन्।
नीशमले सामाजिक सञ्जालमार्फत एनपीएलमा पिच सुधार गर्नुपर्ने बताएका हुन्। उनले नेपाल र एनपीएलप्रति आफ्नो माया रहेको उल्लेख गर्दै पूरै प्रतियोगितामा १२० रन नै जितका लागि पर्याप्त हुने अवस्था उचित नभएको टिप्पणी गरेका छन्।
‘म नेपाल र एनपीएललाई निकै माया गर्छु। तर यी पिचबारे गम्भीर रूपमा केही गर्न आवश्यक छ। पूरै प्रतियोगितामा १२० रन नै जितका लागि पर्याप्त हुने अवस्था हुन सक्दैन,’ उनले लेखेका छन्।
एनपीएलमा पछिल्ला खेलहरूमा कम योगफल बन्ने क्रम बढेको छ। शुक्रबार जनकपुर बोल्ट्स ८८ रनमै समेटिएको थियो भने सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजविरुद्ध १२५ रनको लक्ष्य रक्षा गरेको थियो।
चितवन विरुद्ध जिमी नीशम ७ बल खेलेर शून्यमै आउट भएका थिए ।
प्रतिक्रिया 4