+
+
Shares

खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

रासस रासस
२०८३ कात्तिक २८ गते ६:०५
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जा मन्त्रालयले रामेछापको खिम्ती–ठोसे–शिवालय १ हजार २१६ मेगावाटको जलाशययुक्त बहुउद्देश्यीय आयोजना अघि बढाउन ३ करोड रुपैयाँ विनियोजन गरेको छ।
  • अर्थ समितिका सभापति डा कृष्णहरि बुढाथोकीको पहलमा आयोजना योजनामा समावेश भएको र अध्ययन, अनुसन्धान तथा वातावरणीय विश्लेषण अघि बढाइने भएको छ।
  • ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले बजेटको प्रभावकारी कार्यान्वयन, वातावरणीय प्रभाव मूल्याङ्कन र सरोकारवालासँग छलफल तीव्र बनाउन आग्रह गरेका छन्।

२८ कात्तिक, काठमाडौं । रामेछापको विकास र समृद्धिसँग जोडिएको एक हजार २१६ मेगावाट क्षमताको खिम्ती–ठोसे–शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका सभापति डा कृष्णहरि बुढाथोकीको पहलमा आयोजना योजनामा समावेश हुनुका साथै यसको अध्ययन, अनुसन्धान, वातावरणीय पक्षको विश्लेषण तथा प्रारम्भिक प्रक्रिया अघि बढाउन उक्त बजेट विनियोजन गरिएको हो ।

आयोजनालाई शीघ्र अघि बढाउने विषयमा शुक्रबार भएको छलफलमा ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्दै अध्ययन तथा अनुसन्धान, वातावरणीय प्रभाव मूल्याङ्कन र सरोकारवालासँग आवश्यक छलफल तथा अन्तरक्रियाका कार्यक्रमलाई तीव्रता दिन आग्रह गरे ।

उनले आयोजना अघि बढाउन मन्त्रालयबाट आवश्यक पहल र सहजीकरण गर्न मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

प्रस्तावित आयोजना विद्युत् उत्पादनमा मात्र सीमित नभई सिँचाइ, खानेपानी, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधिको विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ ।

आयोजना कार्यान्वयनमा आउन सकिएमा रामेछापको आर्थिक तथा सामाजिक विकासमा योगदान पुग्नुका साथै मुलुकको ऊर्जा उत्पादन, लगानी विस्तार र राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

सभापति डा बुढाथोकीले आयोजनालाई अध्ययनको चरणबाट कार्यान्वयनको चरणसम्म पुर्याउन निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?