+
+
Shares

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

रासस रासस
२०८३ कात्तिक २८ गते ९:०४

२८ कात्तिक, काठमाडौं । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ ।

एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (यूएन इस्क्याप)को सामाजिक विकास समितिको नवौँ अधिवेशनमा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले आर्थिक वृद्धि र सामाजिक समावेशिता सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिँदै पछाडि पारिएका समुदायलाई विकास प्रक्रियामा सहभागी गराउनुका साथै विकासको प्रतिफलमा उनीहरूको पहुँच सुनिश्चित गर्नुपर्ने बताए।

शुक्रबार भएको अधिवेशनमा उनले राष्ट्रिय रोजगार नीति र राष्ट्रिय औद्योगिक नीतिको पुनरावलोकनलगायत नेपालको नीतिगत सुधारका प्रमुख प्रयासबारे जानकारी गराएको ब्याङ्ककस्थित नेपालको राजदूतावासले जनाएको छ ।

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?