+
+
Shares

धनगढीमा चितुवाको छाला सहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २८ गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको धनगढी उपमहानगरपालिका–४ बाट चितुवाको १ थान छाला सहित सिता देबी चौधरी र अशोक धामी शुक्रबार पक्राउ परेका छन्।
  • जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई छाला सहित फेला पारेको हो।
  • पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय कैलाली पठाइएको प्रहरीले जनाएको छ।

२८ कात्तिक, कैलाली । धनगढी उपमहानगरपालिका–४ बाट चितुवाको छाला १ थान सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका–३ बस्ने ४७ वर्षीया सिता देबी चौधरी र बझाङ छबिसपाथिभेरा गाउँपालिका–३ बस्ने ३६ वर्षीय अशोक धामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय कैलाली पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?