+
+
Shares

कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २८ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ परेका छन्।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले पक्राउ पुष्टि गरे पनि कारण खुलाएनन्।
  • प्रहरी स्रोतका अनुसार विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क र बैंकिङ कारोबार देखिएपछि उनलाई पक्राउ गरिएको हो।

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन् ।

उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए ।

घिमिरेले उनी पक्राउ परेको पुष्टि गरेपछि पक्राउको कारण भने खुलाएनन् ।

प्रहरी स्रोतका अनुसार, उनलाई विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क देखिएपछि पक्राउ गरिएको हो ।

उमेश भने कांग्रेसका पूर्व कोषाध्यक्ष हुन् । पक्राउ परेका महेशसँग विचौलिया सापकोटाको बैंकिङ कारोबार देखिएको प्रहरी स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?