+
+
Shares

बेहुली झैं सिंगारिएको कमलपोखरीको छठघाट (तस्वीरहरू)

छठ पूजाका लागि काठमाडौंका नदी किनार झिलिमिली बत्ती सहित सिङ्गारिएका छन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ कात्तिक २८ गते १८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिहार सकिएलगत्तै काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली र कमलपोखरीमा छठका लागि अन्तिम तयारी पुगेको छ।
  • पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारदेखि गौरीघाटसम्म आकर्षक छठघाट निर्माण गरिएको छ।
  • कमलपोखरीमा टेन्ट राख्ने काम लगभग सकिएको छ र छठका लागि नदी किनार सरसफाइ गरिएको छ।

२८ कात्तिक, काठमाडौं । यमपञ्‍चक अर्थात् तिहार सकिएलगत्तै छठको रौनक सुरु भएको छ । काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायत स्थानमा छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ ।

छठ पूजाका लागि काठमाडौंका नदी किनार झिलिमिली बत्ती सहित सिङ्गारिएका छन् । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठघाट निर्माण थालिएको छ ।

गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण गरिएको छ ।

यसैगरी कमलपोखरीमा पनि छठघाटलाई बेहुली झैं सिंगारिएको छ । कमलपोखरीमा रहेका हरेक घाटमा टेन्ट राख्ने काम लगभग सकिएको छठ पूजा समाजले जनाएको छ ।

छठका लागि काठमाडौंका गौरीघाट, थापाथली, कमलपोखरीलगायत स्थानमा रहेका नदीहरुको सरसफाइ गरिएको छ ।

थप तस्वीरहरू–

 

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?