+
+
Shares

बेचबिखनको जोखिमको आशंकामा भारत जान लागेका दुई युवती गड्डाचौकीबाट नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २८ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको गड्डाचौकी सीमाबाट भारततर्फ जाँदै गरेका बर्दियाकी १८ वर्षीया सम्झना सुनार र १९ वर्षीया यशोदा सुनारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
  • मानव बेचबिखनको सम्भावित जोखिम र असुरक्षित सीमा पारको आशंकामा उनीहरूलाई सुरक्षा र अवस्थाबारे बुझ्न नियन्त्रणमा लिइएको हो।
  • आवश्यक जाँचबुझ र कारबाहीका लागि दुवैलाई आफन्त नेपालकी सुनिता सिनाल र इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक विश्वास खत्रीलाई बुझाइएको छ।

२८ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी सीमाबाट भारततर्फ जाँदै गरेका दुई युवतीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दियाको मधुवन नगरपालिका–९ शान्तिटोलकी १८ वर्षीया सम्झना सुनार र १९ वर्षीया यशोदा सुनारलाई सशस्त्र प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो ।

मानव बेचबिखनको सम्भावित जोखिम तथा असुरक्षित रूपमा सीमा पार गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरूको सुरक्षा र अवस्थाबारे बुझ्न आवश्यक देखिएपछि नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

आवश्यक जाँचबुझ तथा कारबाहीका लागि दुवै युवतीलाई आफन्त नेपालकी कार्यालय संयोजक सुनिता सिनाल र इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक विश्वास खत्रीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यद्यपि उनीहरू भारत जानुको वास्तविक कारण र मानव बेचबिखनसँग सम्बन्धित कुनै जोखिम भए नभएको विषयमा थप अनुसन्धान तथा पुष्टि हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?