+
+
Shares

गड्डाचौकी नाकामा सशस्त्रको ‘अल्फा’ र ‘डेल्टा’ परिचालन

केशव भट्ट केशव भट्ट
२०८३ असोज ३१ गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको गड्डाचौकी नाकामा सशस्त्र प्रहरीले लागुऔषध, हातहतियार र विस्फोटक पदार्थ नियन्त्रणका लागि अल्फा र डेल्टा नामका दुई तालिमप्राप्त कुकुर परिचालन गरेको छ।
  • अल्फाले लागुऔषध पत्ता लगाउनेछ भने डेल्टाले हातहतियार तथा विस्फोटक पदार्थ पहिचान गर्नेछ, र दुवै कुकुर सीमा सुरक्षाबल गुल्ममै रहनेछन्।
  • प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सीमा क्षेत्रमा तालिमप्राप्त कुकुरको आवश्यकता रहेको र यो कदमले सुरक्षा जाँच प्रभावकारी हुने बताए।

३१ असोज, कञ्चनपुर । भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाकामा सशस्त्र प्रहरीले लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रण गर्न तालिमप्राप्त दुई कुकुर परिचालन गरेको छ ।

अल्फा र डेल्टा नामका कुकुरलाई गड्डाचौकीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्ष बल गुल्ममा राखेर नियमित रूपमा सीमा क्षेत्रमा परिचालन गरिन लागेको हो । अल्फाले लागूऔषध पत्ता लगाउनेछ भने डेल्टाले हातहतियार तथा विस्फोटक पदार्थ पहिचान गर्नेछ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार, दुवै तालिमप्राप्त कुकुर गड्डाचौकी गुल्ममै रहनेछन् ।

आवश्यकता अनुसार उनीहरूलाई सीमा क्षेत्रमा सुरक्षा जाँच तथा निगरानीका लागि परिचालन गरिने सशस्त्रले जनाएको छ ।

लागूऔषधको समस्या कञ्चनपुरमा जटिल बन्दै गएको अवस्थामा तालिमप्राप्त कुकुर परिचालनले नियन्त्रणको प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापाले सशस्त्र प्रहरीले राम्रो कामको सुरुवात गरेको बताए । उनले कञ्चनपुरमा लागुऔषधको समस्या जटिल बन्दै गएको र भारतबाट लागुऔषध ल्याउने क्रम बढ्दो रहेकाले तालिमप्राप्त कुकुर परिचालनले केही हदसम्म नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरेको बताए ।

‘सशस्त्र प्रहरीले निकै राम्रो काम गरेको छ । कञ्चनपुरमा लागुऔषधको समस्या जटिल बन्दै गएको छ । खुला सीमा भएकाले भारतबाट लागुऔषध ल्याउने गरेको पाइन्छ । अब तालिमप्राप्त कुकुर परिचालन भएपछि यसलाई नियन्त्रण गर्न केही सहयोग पुग्ने आशा गरेका छौँ,’ थापाले भने ।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सीमा क्षेत्रमा तालिमप्राप्त कुकुरको आवश्यकता रहेको बताए ।

मानिसले पहिचान गर्न नसकेका शंकास्पद वस्तु तथा पदार्थ कुकुरले पत्ता लगाउन सक्ने भएकाले यो प्रभावकारी कदम भएको उनको भनाइ छ ।

‘सीमा क्षेत्रमा तालिमप्राप्त कुकुरको आवश्यकता थियो । मानिसले पत्ता लगाउन नसकेका कतिपय वस्तु कुकुरले पत्ता लगाउन सक्छ । यो एकदमै राम्रो कामको सुरुवात भएको छ,’ कोइरालाले भने ।

भारतसँग सीमा जोडिएको गड्डाचौकी नाकामा हुने आवतजावतलाई सुरक्षित बनाउनुका साथै लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रणमा कुकुर परिचालनले सहयोग पुग्ने छ ।

तालिमप्राप्त कुकुरको नियमित परिचालनले सीमा क्षेत्रमा सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउने र शंकास्पद वस्तु पहिचान गर्न सहज हुने सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?