+
+
Shares

पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी भू-भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते ६:३०

२९ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ भने देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ।

नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भू-भाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागको केहि स्थानमा तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मेघ गर्जन चट्याङ, असिना सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती, र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको एक-दुई
स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ ।

तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । देशका हिमाली भू-भाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?