News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी बजारमा हरियो प्याज र हरियो लसुनको थोक मूल्य प्रतिकिलो ३४ रुपैयाँ घटेर १ सय ६६ रुपैयाँ कायम भएको छ।
- हिजो शनिबार यी दुवै कृषि उपज प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भएको कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले देखाएको छ।
२९ कात्तिक, काठमाडौं । स्थानीय बजारमा हरियो प्याज र हरियो लसुनको मूल्य घटेको छ ।
कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले आइतबार यी दुई कृषि उपजको भाउ घटेको देखाएको हो ।
आज हरियो प्याज र लसुनको भाउ थोकमा प्रतिकिलो समान ३४ रुपैयाँ घटेको छ ।
हिजो शनिबार कालीमाटी बजारमा हरियो प्याज र लसुन प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भएको थियो । आज भने यी दुवैको मूल्य १ सय ६६ रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4