+
+
Shares

रारा जाने सडकमा पर्यटक सवार स्कारपियो दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते

मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित रारा जाने सडकमा पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

हेमन्त केसी हेमन्त केसी
२०८३ कात्तिक २९ गते १८:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँ नजिक पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
  • आइतबार साँझ करिब ४ बजे रारा जाने सडकको जिरो प्वोइन्टबाट करिब १ सय मिटर अगाडि बा १७ च १८६४ नम्बरको स्कोरपियो दुर्घटनामा परेको हो।
  • दुर्घटनामा दुई जना घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

२९ कात्तिक, सुर्खेत । मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित रारा जाने सडकमा पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

रारा ताल जाने पर्यटक बोकेर जाँदै गरेको बा १७ च १८६४ नम्बरको स्कोरपियो आइतबार साँझ करिब ४ बजे रारा जाने सडकको जिरो प्वोइन्टबाट करिब एक सय मिटर अगाडि दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार दुर्घटनाका बेला स्कोरपियोमा पाँच जना सवार थिए। तीमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रवीराज थपलियाका अनुसार घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल मुगु ल्याउने तयारी भइरहेको छ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेको पहिचान र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?