+
+
Shares

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ

शुक्रबारदेखि सुरु भएको छठपर्व आज सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते ६:३४
फाइल तस्वीर

३० कात्तिक, काठमाडौं । छठपर्व आज समापन गरिएको छ । शुक्रबारदेखि सुरु भएको छठ पर्व आज सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो ।

आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

व्रतालुहरूले आइतबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उनीहरूले आज सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ समापन भएको हो ।

काठमाडौंको कमलपोखरी लगायतका ठाउँमा र तराई मधेशका सबै ठाउँहरू छठ पर्व मनाइएको छ ।

छठ पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?