+
+
Shares

मुगुमा गाडी दुर्घटना : मृतक तीनैजनाको सनाखत

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते ७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी मुगुको छायानाथ रारा नगरपालिका–७ मा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
  • मृतकको सनाखत काठमाडौं कलंकीका विजय बस्नेत, रमेश बिडारी र पूर्णकुमार थापाका रूपमा भएको छ ।
  • दुर्घटनामा ललितपुर महानगरपालिका–१५ का चालक कञ्चन थापा र अञ्जु थापा घाइते भएका छन् ।

३० कात्तिक, सुर्खेत । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल घुम्न आएका पर्यटक सवार गाडी मुगुमा दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ । दुई जना घाइते छन् ।

मृत्यु हुनेमा काठमाडौं कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवीराज थपलियाले जानकारी दिए ।

उनका अनुसार ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय चालक कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा घाइते छन् । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी आइतबार दुर्घटनामा परेको थियो ।

गाडी अनियन्त्रित भएर सडकबाट करिब चार सय मिटर तल खस्दा कच्याककुचुक भएको छ । भिरालो भूभाग र सडकको अवस्थाका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थपलियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?