News Summary
Generated by OK AI. Editorially reviewed.- कनकाई नगरपालिका–९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको कुनिउँमा आगो लगाउँदा करिब ९० मन धान र पराल जलेर नष्ट भएको छ।
- घैलाडुब्बा पशुहाट उत्तरतर्फ लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले लगाएको धानको कुनिउँमा गए राति आगजनी भएको हो।
- आगलागीबाट करिब १ लाख ५१ हजार रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ, र प्रहरीले अनुसन्धान गरिरहेको छ।
३० कात्तिक, भद्रपुर (झापा)। कनकाई नगरपालिका–९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको कुनिउँमा आगो लगाउँदा करिब ९० मन धान र पराल पूर्णरूपमा जलेर नष्ट भएको छ ।
घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले लगाएको धानको कुनिउँमा गए राति आगजनी भएको हो ।
आगलागीबाट धान र पराल गरी करिब एक लाख ५१ हजारभन्दा बढी मूल्यको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4