+
+
Shares

देउवा समूहको लुम्बिनी प्रदेश अधिवेशनमा पूर्वसभापति प्रमुख अतिथि

दाङको भालुबाङमा सोमबार बसेको समूहको बैठकले ७ मंसिरमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस (देउवा समूह)को लुम्बिनी प्रदेश अधिवेशन ७ मंसिरमा दाङको भालुबाङमा हुने भएको छ।
  • बैठकले पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा अधिवेशन गर्ने निर्णय गरेको प्यूठान जिल्ला सभापति देवेन्द्र वर्माले बताए।
  • देउवा समूहले ५ मंसिरदेखि गण्डकीबाट प्रदेश अधिवेशन सुरु गरी १९ गते बागमतीसम्म सातै प्रदेशमा कार्यक्रम गर्ने जनाएको छ।

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेस (देउवा समूह)को लुम्बिनी प्रदेश अधिवेशन ७ मंसिरमा हुने भएको छ । दाङको भालुबाङमा सोमबार बसेको समूहको बैठकले ७ मंसिरमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी देउवा समूहका प्यूठान जिल्ला सभापति देवेन्द्र वर्माले पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार अधिवेशनमा देउवा समूहको ‘१५औं नियमित महाधिवेशन आयोजक समिति’का संयोजक डा. शशांक कोइराला पनि सहभागी हुने छन् ।

देउवा समूहले ५ मंसिरबाट प्रदेश अधिवेशनहरू आयोजना गर्दैछ । उक्त समूहको पहिलो प्रदेश अधिवेशन गण्डकीमा हुने भएको छ ।

देउवा समूहको महाधिवेशन आयोजक समितिका सचिवालय संयोजक दीपक कुइँकेलले ५ मंसिरमा गण्डकी प्रदेशबाट अधिवेशन सुरु हुने जानकारी दिए ।

उनका अनुसार, लुम्बिनीपछि १३ गते कर्णाली, १४ गते मधेश, १५ गते सुदूरपश्चिम, १७ गते कोशी र १९ गते बागमती प्रदेशको अधिवेशन हुनेछ ।
पूर्वसभापति देउवा सातै प्रदेशका अधिवेशनहरूमा सहभागी हुने नेता कुईंकेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?