+
+
Shares

एमाले स्थायी कमिटी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते ८:४०

१ मंसिर, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो ।

मंसिर २ र ३ गते हुन लागेको राष्ट्रिय भेलाको तयारीबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको सचिव महेश बस्नेतले जानकारी दिए ।

एमालेले पत्रकार सम्मेलन आयोजना गरी सोमबार दिएको जानकारी अनुसार राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुनेछन् ।

पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा एमालेले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?