+
+
Shares
गसिप :

कुखुराको खुट्टा भनेपछि हुरुक्कै हरिवंश, ‘कुकुरका लागि भन्दै किनेर खान्थे’

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १३:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हरिवंश आचार्यले पुरानो अन्तर्वार्तामा कुखुराको खुट्टा खान मन परे पनि किन्न लाज लाग्ने भएकाले कुकुरका लागि भन्दै धेरै खुट्टा किन्ने गरेको बताएका छन्।
  • उनले कुखुराको खुट्टा पानीमा उमालेर तेलमा डिप फ्राई गर्ने र नुन–बेसार मात्र हाल्ने रेसिपी पनि सुनाएका छन्।
  • मदनकृष्ण श्रेष्ठले हरिवंशलाई ‘कुखुराको खुट्टा किन्न जाँदाको कुरा भन न ।’ भन्दै बीचमै रोकेका थिए।

हरिवंश आचार्यले एउटा रमाइलो प्रसङ्ग उप्काएका छन्। एक टेलिभिजन अन्तर्वार्ताका क्रममा उनलाई सोधिन्छ, ‘मासुको खुब सौखिन हुनुहुन्छ रे  ?’

हरिवंशको जवाफ आउनुअघि मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘ए, कुखुराको खुट्टा खोजीखोजी खान्छ ।’

त्यसपछि पालो आउँछ हरिवंशको । उनी सुरुमा कुखुराको खुट्टाको मूल्य होइन, महत्त्व बताउँछन् । भन्छन्, ‘कुखुराको खुट्टा भनेको वास्तवमा नेपालको लागि मात्र कुखुराको खुट्टा हो । चिनियाँहरूको चाहिँ सर्वप्रिय परिकार हो क्या  !’

त्यसपछि उनी थप्छन्, ‘त्यसलाई पकाउन जान्नुपर्छ ।’

नजिकै बसेका मदनकृष्ण बीचमै भन्छन्, ‘कुखुराको खुट्टा किन्न जाँदाको कुरा भन न ।’

हरिवंश आचार्य त्यसबेला घट्टेकुलोमा बस्ने गर्थे । उनलाई कुखुराको खुट्टा खान खुब मन लाग्थ्यो । तर कुखुराको खुट्टा किन्न जान लाज लाग्थ्यो । किनभने कुखुराको खुट्टा किन्नेलाई साहुजीले पुलुक्कै हेर्थे । अब कुखुराको खुट्टा खान पनि मन लागेको छ, तर किन्न लाज लाग्छ । के गर्ने  ?

हरिवंशले निन्जा टेक्निक लगाउँथे, ‘साहुजी, कुकुरको लागि केही कुखुराको खुट्टा दिनु न ।’

यसरी कुकुरको लागि भनेर मागेपछि साहुजीले अलि बढी नै खुट्टा राखिदिन्थे । अनि हरिवंश तीमध्ये केही खुट्टा कुकुरलाई दिन्थे भने बाँकी आफू खानका लागि राख्थे ।

कुखुराको खुट्टा कसरी पकाउने भन्ने रेसिपी पनि उनले दिएका छन् । उनी भन्छन्, ‘कुखुराको खुट्टा सुरुमा पानीमा उमाल्ने। त्यसपछि तेलमा डिप फ्राई गर्ने । यसमा धेरै मरमसला हाल्नुपर्दैन । नुन र बेसार मिसाइदिए पुग्छ ।’

यसरी झटपट तयार भएको कुखुराको खुट्टा खान पनि जान्नुपर्ने उनको भनाइ छ । उनका अनुसार खुट्टाको पञ्जातिरबाट खानुपर्छ ।

यद्यपि, यो उहिलेको कुरा हो । अहिले उनी मासु खान यसरी हत्ते गर्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?