+
+
Shares

विमानस्थलबाट फेरि डेढ किलो सुनसहित एक चिनियाँ पक्राउ

बिहान पौने १२ बजे विमानस्थलस्थित सशस्त्र प्रहरी बलले चिनियाँ नागरिकलाई सुनसहित पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६ सय ५ ग्राम सुनसहित चिनियाँ नागरिक बिनबिन लि पक्राउ परेका छन्।
  • लिलाई आज बिहान ११ः४१ बजे दुबईबाट आएको हिमालयन एयरलाइन्सको उडानमार्फत काठमाडौं आइपुगेपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
  • विमानस्थलको भन्सार क्षेत्रमा ज्याकेटको खल्तीभित्र लुकाइछिपाइ ल्याएको सुन फेला परेको र उनलाई भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ।

२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६ सय ५ ग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

विमानस्थलस्थित सशस्त्र प्रहरी बलले चिनियाँ नागरिकलाई सुनसहित पक्राउ गरेको हो । आज बिहान ११ः४१ बजे दुबईबाट हिमालयन एयरलाइन्सको उडान नम्बर एच९३५३ मार्फत काठमाडौं आएका चिनियाँ नागरिक बिनबिन लि पक्राउ परेका हुन् ।

विमानस्थलको भन्सार क्षेत्रमा रहेको वाक थु्र गेटमा जाँच गर्ने क्रममा उनले हातमा बोकेको ज्याकेटको खल्तीभित्र लुकाइछिपाइ ल्याएको सुन फेला परेको हो ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

यसअघि प्रहरीले आजै मात्रै करिब दुई किलो सुनसहित एक चिनियाँलाई पक्राउ गरेको थियो । मंगलबार मध्यराति १ बजेर २५ मिनेट जाँदा एक किलो ८०३.७७ ग्राम सुनसहित चिनियाँ नागरिक जियानह्वा वाङ पक्राउ परेका थिए ।

उनी हङकङबाट नेपाल वायु सेवा निगमको उडान नम्बर आरए४१०मार्फत त्रिभुवन विमानस्थल अवतरण भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?