८ असोज, काठमाडौं । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
कतारको दोहा हुँदै काठमाडौं आएको ४२ वर्षीय मोहम्मद चेरा थोडी छन् । उनलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको प्रहरीले बताएको छ ।
कतारबाटै आएका अर्का एक नेपाली पनि सुनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारी छन् । उनको साथबाट ६९.६ ग्राम सुन बरामद भएको छ ।
दुवै जनालाई सुनसहित प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4