+
+
Shares

विमानस्थलबाट ७२० प्याकेट चुरोट र ६९ पोका भोला बरामद

विदेश लैजान लागिएको ठूलो मात्रामा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १२:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं विमानस्थलमा विदेश लैजान लागेको ब्यागेज एक्स–रे जाँच गर्दा शंकास्पद देखिएपछि प्रहरीले ठूलो मात्रामा सुर्तीजन्य पदार्थ बरामद गरेको छ।
  • प्रहरीले विभिन्न ब्राण्डका ७२० प्याकेट चुरोट र जित, सुपर पावर, भोला, मेघाश्री, करेन्ट गरी ६९ पोका बरामद गरेको छ।
  • बरामद सामान विमानस्थल भन्सारमा पठाइएको विमानस्थल प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालले बताए।

७ असोज, काठमाडौं । विदेश लैजान लागिएको ठूलो मात्रामा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ ।

यात्रुले विदेश लैजान लागेको ब्यागेज एक्स–रे मेसिनमा जाँच गर्दा संकास्पद देखिएको थियो । त्यसपछि खानतलासी गरेर हेर्दा ठूलो मात्रामा चुरोट, करेन्ट, भोलाहरू बरामद भएको प्रहरीले बताएको छ ।

विभिन्न ब्राण्डका ७२० प्याकेट चुरोट र जित, सुपर पावर, भोला, मेघाश्री, करेन्ट गरी ६९ पोका बरामद भएको प्रहरीले बताएको छ ।

बरामद सामान विमानस्थल भन्सारमा पठाइएको विमानस्थल प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?