+

आईपीएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

२०८३ मंसिर  २ गते १२:१६ २०८३ मंसिर २ गते १२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईपीएल २०२७ को खेलाडी अक्सन आगामी १६ डिसेम्बरमा भारतको गोवामा हुने भएको छ।
  • आईपीएलले बुधबार अक्सनको मिति र स्थान सार्वजनिक गरेको हो।
  • फ्रेन्चाइजहरूको आग्रहपछि बीसीसीआईले अक्सन ३ वर्षपछि भारतमै फर्काउने निर्णय गरेको हो।

२ मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को खेलाडी अक्सन आगामी डिसेम्बर १६ मा भारतको गोवामा हुने भएको छ।

आईपीएलले बुधबार अक्सनको मिति र स्थान सार्वजनिक गरेको हो। यसअघि मंगलबार सबै टोलीले खेलाडी रिटेन र रिलिज पनि घोषणा गरिसकेका छन् ।

आईपीएलको अक्सन ३ वर्षपछि भारतमै हुन लागेको हो । पछिल्ला तीन संस्करणका अक्सन क्रमशः दुबई, जेद्दाह र अबुधाबीमा आयोजना गरिए पनि यसपटक फ्रेन्चाइजहरूको आग्रहपछि बीसीसीआईले अक्सन भारतमै फर्काउने निर्णय गरेको थियो ।

आईपीएल २०२७ सिजन मार्चको अन्त्यतिर सुरु हुने अपेक्षा गरिएको छ ।

आईपीएल २०२७ आईपीएल अक्सन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय