+
+
Shares

कुखुरालाई पानी खुवाउन खनिएको पोखरीमा पुरुषको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १३:०७

२ मंसिर, सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ सैनिक चोक टुड्कियास्थित मोहन यादवको कुखुरा फार्म छेउको आँप बगैँचामा रहेको पोखरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

कुखुरालाई पानी खुवाउन खनिएको पोखरीमा स्थानीयले पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक गोलबजार नगरपालिका–३ भाङबारीका ४५ वर्षीय महेन्द्र चमार रहेको खुलेको छ।

परिवारका अनुसार महेन्द्र भाइटीकाको भोलिपल्टदेखि सम्पर्कविहीन थिए। परिवारजनले खोजी गरे पनि मजदुरीका सिलसिलामा कतै बास बसेको हुन सक्ने ठानेर प्रहरीमा हराएको उजुरी दिएका थिएनन्।

स्थानीयले शव देखेपछि गोलबजार नगरपालिका–६ का वडा अध्यक्ष सञ्जित लामालाई खबर गरेका थिए । अध्यक्ष लामाले तत्काल प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी निरीक्षक दीपक खरेलको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी निरीक्षक खरेलका अनुसार शवको अवस्था हेर्दा करिब एक साताअघिदेखि नै पोखरीमा रहेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?