+
+
Shares

दानबहादुर कार्कीको रिटमा बहस सकियो, केहीबेरमा आदेश आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १३:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।
  • न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको सुनुवाइपछि केहीबेरमा आदेश आउने बताइएको छ ।
  • सरकारले १८ कात्तिकमा कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो र डा. मनोज केसीलाई आईजीमा बढुवा गरेको थियो ।

२ मंसिर, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि भएको सुनुवाइमा बहस सकिएको छ ।

सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा उक्त निवेदनमाथि सुनुवाइ भएको थियो ।

उक्त सुनुवाइका क्रममा बहस सकिएको र केहीबेरमा आदेश आँदैछ ।

सरकारले १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । त्यही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसी आईजीमा बढुवा भएका थिए ।

मन्त्रिपरिषद्को निर्णय गैरकानूनी भएको र त्यसले आफूलाई अन्याय भएको दावी सहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

तिहार र छठ बिदापछि मंगलबार अदालत खुलेपछि सर्वोच्च अदालत प्रशासनले आजका लागि प्रारम्भिक सुनुवाइको मिति तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?