+
+
Shares

खुला व्यापारमा एसियाली नेताहरूको जोड

चीनका राष्ट्रपति सी जिनपिङसहित एसिया–प्रशान्त क्षेत्रका नेताहरूले खुला व्यापार, निष्पक्ष प्रतिस्पर्धा र समावेशी विकासलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १४:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेन्जेनमा एपेक व्यवसायी सम्मेलनमा सी जिनपिङले चीनले बजार पहुँच विस्तार, भन्सार शुल्क घटाउने र व्यापार नियम सुधार गर्ने बताए।
  • एसिया–प्रशान्त क्षेत्रका नेताहरूले खुला व्यापार, निष्पक्ष प्रतिस्पर्धा र समावेशी विकासका लागि व्यापार तथा लगानी अवरोध घटाउनुपर्नेमा जोड दिए ।
  • क्यानााडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग पारस्परिक कर घटाउने सहमति गरेका छन् भने बिहीबार ट्रम्प, पुटिन र सीबीच भेटवार्ता हुने अपेक्षा गरिएको छ ।

सेन्जेन (चीन), २ मङ्सिर (रासस/एपी)। चीनका राष्ट्रपति सी जिनपिङसहित एसिया–प्रशान्त क्षेत्रका नेताहरूले खुला व्यापार, निष्पक्ष प्रतिस्पर्धा र समावेशी विकासलाई प्राथमिकता दिन आग्रह गरेका छन् । उनीहरूले व्यापार तथा लगानीका अवरोध घटाउँदै क्षेत्रीय सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका हुन्।

सेन्जेनमा आयोजित एपेक व्यवसायी सम्मेलनमा राष्ट्रपति सीले चीनले बजार पहुँच विस्तार र भन्सार शुल्क घटाउँदै व्यापारसम्बन्धी नियममा सुधार गर्ने बताए। उनले अन्तर्राष्ट्रिय व्यापारमा स्थिरता र सहकार्य आवश्यक रहेको उल्लेख गरे।

अमेरिका र चीनबीच भन्सार शुल्क तथा उन्नत प्रविधिको पहुँचलाई लिएर मतभेद कायम रहेका बेला सीले खुला व्यापारको पक्षमा धारणा राखेका हुन् । यसैबीच, क्यानााडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग पारस्परिक कर घटाउने सहमति गरेका छन्। मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले ठूला अर्थतन्त्रले साना देशमाथि आफ्ना नीति थोपर्न नहुने बताएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिबन्ध, शुल्क र निर्यात नियन्त्रणको प्रभावकारितामाथि प्रश्न उठाउँदै एसिया–प्रशान्त क्षेत्रसँग आर्थिक सम्बन्ध विस्तार रुसको प्राथमिकता रहेको बताउनुभयो । रुसले सन् २०३५ मा एपेकको अध्यक्षता गर्ने प्रस्तावसमेत गरेको छ ।

एपेकका २१ सदस्यले विश्वको ६० प्रतिशत आर्थिक गतिविधि र आधा व्यापार हिस्सा ओगट्छन् । बिहीबार हुने नेताहरूको बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पुटिन र सीबीच त्रिपक्षीय भेटवार्ता हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?