+
+
Shares

४४ वर्षको उमेरमा तेस्रो सन्तानकी आमा बनिन् अभिनेत्री ऐनी

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऐनी हैथवे र एडम शुलम्यान तेस्रो सन्तानका अभिभावक बनेका छन्, यद्यपि उनीहरूले औपचारिक रूपमा जानकारी सार्वजनिक गरेका छैनन्।

हलिउडकी चर्चित अभिनेत्री तथा ओस्कार विजेता ऐनी हैथवे तेस्रो सन्तानकी आमा बनेकी छिन् । ऐनी र उनका पति एडम शुलम्यानले तेस्रो सन्तानलाई परिवारमा स्वागत गरेका छन् ।

हालै अभिनेत्री न्युयोर्कका सडकमा आफ्नो नवजात शिशुलाई छातीमा टाँसेर हिँडिरहेको अवस्थामा देखिएकी छिन् । ऐनी र उनका पतिले अहिलेसम्म सन्तान जन्मिएको विषयमा भने कुनै आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन् ।

ऐनी हैथवे र एडम शुलम्यानले सन् २०१२ मा विवाह गरेका थिए । उनीहरूका यसअघि दुई छोरा छन् । जेठा छोरा जोनाथन १० वर्षका भए भने कान्छा छोरा ज्याक ६ वर्षका छन् । तेस्रो सन्तानको आगमनसँगै परिवारमा खुसी थपिएको छ।

ऐनीले यसै वर्ष जुन महिनामा आफू गर्भवती भएको खबर सार्वजनिक गरेकी थिइन् । उनले बारबरा लुइसको गीत ‘बेबी, आई एम योर्स’ मा एउटा भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा अभिनेत्री सेतो रङको सुन्दर लामो पहिरनमा बेबी बम्प देखाउँदै थिइन् ।

गर्भावस्थाको खबर सार्वजनिक गर्दै उनले हरेक गर्भावस्थाको यात्रा सहज नहुने पनि बताएकी थिइन् । यसपटकको खुसी आफ्नो जीवनका लागि विशेष रहेको उनको भनाइ थियो ।

तेस्रो गर्भावस्थालाई भनेकी थिइन् ‘बजर बिटर’

ऐनीले आफ्नो तेस्रो गर्भावस्थाबारे खुलेर कुरा गरेकी थिइन् । जुलाई १४ मा ‘लेट नाइट विद सेथ मेयर्स’ कार्यक्रममा सहभागी हुँदै उनले यो गर्भावस्था अप्रत्याशित भए पनि निकै सुखद आश्चर्य भएको बताएकी थिइन्।

उनले ठट्टा गर्दै आफ्नो तेस्रो गर्भावस्थालाई ‘बजर बिटर’ भनेकी थिइन् । आफूले यस्तो होला भन्ने अपेक्षा नगरेको भन्दै उनले यसलाई सुखद आश्चर्यका रूपमा व्याख्या गरेकी थिइन् ।

फिल्म ‘भेरिटी’ मा देखिएकी थिइन्

फिल्मी कुरा गर्दा ऐनी हालै फिल्म ‘भेरिटी’ मा देखिएकी थिइन् । उक्त फिल्ममा उनीसँगै डकोटा जोन्सन र जोस हार्टनेटले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । फिल्म अक्टोबर २ मा भारतमा प्रदर्शन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?