+
+
Shares

ओलीको दाबीमा प्रहरी प्रवक्ताले भने– कसैलाई थुन्ने भनेर बोलेको छैन

ओलीको यो भनाइपछि अनलाइनखबरले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेसँगे प्रतिक्रिया मागेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीले महानिरीक्षक डा. मनोज केसीले कसैलाई पनि थुन्ने भनेर अभिव्यक्ति नदिएको दाबी गरेको छ ।
  • नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आईजीपी केसीले आफू, प्रचण्ड र देउवालाई थुनिदिन्छु भनेको दाबी बुधबार राष्ट्रिय भेलामा गरेका थिए ।
  • प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले ‘आईजीपी साप त्यसरी औपचारिक कार्यक्रममा कहिँ जानु भएको पनि छैन, त्यस्तो बोल्नु भएको पनि छैन’ भनेका छन् ।

२ मंसिर, काठमाडौं । नेपाल प्रहरीले संगठनका प्रमुख महानिरीक्षक डा. मनोज केसीले कसैलाई पनि थुन्ने भनेर अभिव्यक्ति नदिएको दाबी गरेको छ ।

आजै मात्रै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त आईजीपी डा. मनोज कुमार केसीले आफूसहित पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवालाई थुनिदिन्छु भनेको भन्दै भाषण गरेका थिए ।

बुधबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले उक्त कुरा बताएका थिए ।

ओलीको यो भनाइपछि अनलाइनखबरले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेसँगे प्रतिक्रिया मागेको थियो ।

तर प्रवक्ता काफ्लेले भने ओलीले दाबी गरेजस्तो केही पनि नबोलेको बताए ।

‘आईजीपी साप त्यसरी औपचारिक कार्यक्रममा कहिँ जानु भएको पनि छैन, त्यस्तो बोल्नु भएको पनि छैन,’ प्रवक्ता काफ्लेले अनलाइनखबरसँग भने, ‘उहाँले कुन हिसाबले के भन्नु भएको हो हामीले पनि बुझेका छैनौं । प्रहरीले कसैलाई थुनिदिन्छु भन्ने कुरा पनि भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?