+
+
Shares

दोहोरो अंक घट्यो सेयर बजार, कारोबार खस्कियो

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार नेप्से ११.०५ अंक घटेर २६२५ मा कायम भएको छ, र बजार दिनभर रातो अंकमा रह्यो ।
  • कारोबार रकम घटेर ४ अर्ब १५ करोडमा सीमित भएको छ, अघिल्लो दिन ४ अर्ब ७३ करोडको कारोबार भएको थियो ।
  • बैंकिङ सूचक ०.०५ प्रतिशत बढेको छ भने व्यापार २.४९ प्रतिशतसहित अधिकांश समूहगत सूचक घटेका छन् ।

२ मंसिर, काठमाडौं । बुधबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से ११. ०५ अंक घटेको छ । यो कमीसँगै नेप्से २६२५ अंकमा कायम भएको छ । अघिल्लो दिन १२.७९ अंकले बजार घटेको थियो । आज दिनभरजसो बजार रातो अंकमा रह्यो ।

७० कम्पनीको मूल्य बढेको छ भने १९९ को घटेको छ । त्यस्तै कारोबार भएका १० कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो दिन ४ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ४ अर्ब १५ करोडमा सीमित रह्यो ।

बैंकिङ ०.०५ प्रतिशत बढेको छ भने अरु समूहगत सूचक घटेका छन् । विकास बैंक ०.६५, फाइनान्स ०.९१, होटल तथा पर्यटन ०.३२, जलविद्युत् ०.४७, लगानी ०.१७, जीवन बीमा ०.३५, उत्पादन तथा प्रशोधन ०.४९, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.६५, अन्य ०.५९ तथा व्यापार २.४९ प्रतिशत घटे ।

लिबर्टी इनर्जीको मूल्य सबैभन्दा धेरै ३.०७ प्रतिशत बढ्यो । उपकार लघुवित्तको २.९२, श्रीनगर एग्रिटेकको २.७५, बेनी हाइड्रोको २.३२ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै एभरेस्ट कलरको ८.६३, सयपत्रि हाइड्रोपावरको ६.६५, भिजन लुम्बिनी ऊर्जाको ५.४९, सिर्जनशील लघुवित्तको ४.५८ तथा चिरख्वा हाइड्रोपावरको ४.३८ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स, सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सुपरमादी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, स्वेत गंगा हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?