+
+
Shares

दानबहादुरको रिट निवेदनमा कारण देखाऊ आदेश जारी, दुवै पक्षलाई छलफलमा बोलाइयो

एकल इजलासले ‘कार्कीलाई किन प्रहरी महानिरीक्षकमा पुनर्बहाली नगर्ने हो ?’ त्यसको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आफूलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
  • न्यायाधीश श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई झिकाउने आदेश दिएको छ।
  • सबै विपक्षीको लिखित जवाफपछि सर्वोच्चले मुद्दाको नियमित सुनुवाइको पालो तोक्नेछ।

२ मंसिर, काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो । तर, अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे  छलफल गर्न दुवै पक्षलाई झिकाउने आदेश भएको छ । आदेश भने सार्वजनिक भइसकेको छैन ।

एकल इजलासले ‘कार्कीलाई किन प्रहरी महानिरीक्षकमा पुनर्बहाली नगर्ने हो ?’ त्यसको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

सबै विपक्षीहरूको लिखित जवाफ पेश भएपछि सर्वोच्च अदालतले मुद्दाको नियमित सुनुवाइको पालो तोक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?