News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोलीका डा. इशान पाण्डे अभिवादन एक्सपिडिसन होलिडेज प्रालिको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।
- काठमाडौंको नयाँ बजारस्थित होटल जी रामायणमा बुधबार भएको कार्यक्रममा पाण्डे र अध्यक्ष डा. उमेश गुप्ताले सम्झौतामा हस्ताक्षर गरेका छन्।
- कम्पनीले नेपाली क्रिकेट र नेपालको पर्यटन क्षेत्र प्रवर्द्धन गर्ने उद्देश्यसहित साझेदारी गरिएको बताएको छ।
२ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी डा. इशान पाण्डे पर्यटन कम्पनी अभिवादन एक्सपिडिसन होलिडेज प्रालिको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।
बुधबार काठमाडौंको नयाँ बजारस्थित होटल जी रामायणमा आयोजित एक कार्यक्रमका बीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा डा. पाण्डे र कम्पनीका अध्यक्ष डा. उमेश गुप्ताले हस्ताक्षर गरेका हुन्।
नेपाली क्रिकेट र नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने साझा उद्देश्यका साथ यो साझेदारी गरिएको उनीहरूले बताए । यस सम्झौतासँगै ब्रान्ड एम्बेसडरका रूपमा डा. पाण्डेले कम्पनीका प्रवर्द्धनात्मक गतिविधि र ब्रान्ड क्याम्पेनहरूमा अभिवादन एक्सपिडिसन होलिडेजको प्रतिनिधित्व गर्नेछन्।
अध्यक्ष डा. गुप्ताले भने, ‘विगत २७ वर्षभन्दा बढी समयदेखि अभिवादनले पर्यटकहरूलाई नेपाल र यस क्षेत्रका उत्कृष्ट गन्तव्यहरू चिनाउन मद्दत गरिरहेको छ। डा. इशान पाण्डेले अनुशासन, ऊर्जा र राष्ट्रिय गौरवको प्रतिनिधित्व गर्छन्, जुन हाम्रो ब्रान्डले बोक्न चाहेको सन्देश हो। उहाँलाई अभिवादन परिवारमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ।‘
ब्रान्ड एम्बेसडर नियुक्त भएपछि खुसी व्यक्त गर्दै डा. पाण्डेले भने, ‘अभिवादन एक्सपिडिसन होलिडेजसँग जोडिन पाउँदा मलाई गर्व लागेको छ। नेपालमा पर्यटकहरूका लागि धेरै कुरा छन्, मैदानमा देशको प्रतिनिधित्व गरिरहँदा म यसलाई विश्वभर चिनाउन मद्दत गर्नेछु।‘
काठमाडौंमा आधारित अभिवादन एक्सपिडिसन होलिडेज २७ वर्ष लामो अनुभव भएको गन्तव्य व्यवस्थापन कम्पनी हो। यसले नेपाल, भुटान र बङ्गलादेशमा पर्यटकहरूलाई सेवा प्रदान गर्दै आएको छ भने भारत, बङ्गलादेश र भुटानभर बीटुबी ट्राभल पार्टनरका रूपमा काम गरिरहेको छ।
प्रतिक्रिया 4