+
+
Shares

दलहरुबीच प्रतिशोध होइन, सहकार्यको आवश्यकता छ : विद्या भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते ११:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको आवश्यकता प्रतिशोध र निषेध होइन, सम्वाद, सहकार्य र राष्ट्रिय सहमति भएको बताइन् ।
  • काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले संविधान संशोधनजस्ता विषयमा दलहरूबीच पर्याप्त छलफल र परामर्श आवश्यक रहेको बताइन् ।
  • भण्डारीले दूरगामी महत्वका राष्ट्रिय राजनीतिक कोर्समा संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच सहकार्य र राष्ट्रिय सहमति हुनुपर्ने बताइन् ।

३ मंसिर, काठमाडौं । नेकपा एमालेकी बरिष्ठ नेता विद्यादेवी भण्डारीले अहिलेको आवश्यकता दलहरुबीच सम्वाद, सहकार्य र राष्ट्रिय सहमतिको भएको बताएकी छन् ।

राष्ट्रिय कार्यकर्ता भेलालाई विहीबार काठमाडौंमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले संविधान संशोधन लगायत राष्ट्रिय राजनीतिक कोर्समा दलहरुबीच सहकार्यको आवश्यकता रहेको बताएकी हुन् । ‘अहिलेको आवश्यकता प्रतिशोध र निषेध होइन, सम्वाद, सहकार्य र राष्ट्रिय सहमति हो,’ उनले भनेकी छन् ।

संविधान संशोधन गर्दा दलहरुबीच ब्यापक छलफलको आवश्यकता रहेको भण्डारीले बताएकी छन् । ‘यस्तो दूरगामी महत्वको विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच पर्याप्त छलफल, परामर्श र राष्ट्रिय सहमति आवश्यक छ,’ भण्डारीले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?