+
+
Shares

मंसिर ८ र ९ गते धनकुटा नगरपालिकामा बिदा

धनकुटा नगरपालिकाले आठपहरिया जातिको महान् चाड बढाङमेट चाडको अवसरमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटा नगरपालिकाले आठपहरिया जातिको बढाङमेट चाडका अवसरमा मंसिर ८ र ९ गते दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ।
  • नगरस्तरीय कार्यालय र शिक्षण संस्था दुई दिन बन्द रहनेछन् भने अत्यावश्यक सेवा सञ्चालनमा रहनेछ।
  • धनकुटामा बसोबास गर्ने आठपहरिया समुदायले बैशाखमा विसु, भदौमा न्वागी र कात्तिक वा मंसिरमा बढाङमेट मनाउँदै आएका छन्।

३ मंसिर, धनकुटा । धनकुटा नगरपालिकाले आठपहरिया जातिको महान् चाड बढाङमेट चाडको अवसरमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ । धनकुटा नगरपालिकाले मंसिर ८ गते मंगलबार र ९ गते बुधबार दुई दिन स्थानीय बिदा दिने जनाएको हो ।

धनकुटा नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने आठपहरिया समुदायको महान् चाड बढाङमेटका पर्वका विशेष दिन स्थानीय बिदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए ।

नगरपालिकाले दिएको विदाको दिन धनकुटा नगरपालिका क्षेत्रभित्रका नगरस्तरीय कार्यालय तथा शिक्षण संस्थाहरु बन्द रहनेछन् । तर अत्यावश्यक सेवा भने सञ्चालनमा रहने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिए ।

धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायले बैशाखमा विसु, भदौमा न्वागी र कात्तिक वा मंसिरमा बढाङमेट चाड मनाउने गरेका छन् । आठपहरिया समुदायको आफ्नै मौलिक भाषा, संस्कृति, परम्परा र चाडपर्व रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?